जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १४:५९

एमाले सचिवालयमा स्थायी कमिटी गठन र केन्द्रीय सदस्य मनोनयनबारे छलफल


काठमाडौं, असोज ८ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी गठन र केन्द्रीय कमिटी सदस्य मनोनयनबारे छलफल भएको छ।

पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको सचिवालय बैठकमा स्थायी कमिटी गठन तथा केन्द्रीय कमिटीमा मनोनयन गर्ने सदस्यका विषयमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

बैठकमा छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

एमालेले अर्को पार्टीबाट एकतामा आएका नेताहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्ने तयारी गरेको छ।

यसैगरी, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका विषयमा पनि छलफल भएको थियो। भट्टका अनुसार सचिवालयले उक्त प्रतिवेदनले पार्टीलाई नयाँ विषय दिएको निष्कर्ष निकालेको छ।