काठमाडौं, असोज ८ । सांसद जगतबहादुर पार्कीले कर्मचारी सरुवा–बढुवामा घुस लेनदेन भएको भनिएको अडियो सार्वजनिक भएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद पार्कीले बुधबार सार्वजनिक भएको हेमन्त चौधरी र आशिष मल्ल ठकुरीबीचको संवादको अडियोमा गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीको नामसमेत लिइएको बताउनुभयो।
उहाँले अडियोमा कर्मचारी सरुवा–बढुवामा करोडौँ रुपैयाँको कारोबार भएको भनिएको भन्दै त्यसको वास्तविकता छानबिन हुनुपर्ने माग गर्नुभयो।
“हेमन्त चौधरी र आशिष मल्ल ठकुरीको संवादको अडियो सार्वजनिक भएको छ । त्यसमा गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीको नाम लिइएको छ,” उहाँले भन्नुभयो, “कर्मचारी सरुवा बढुवामा करोडौँ कारोबार भएको भनिएको छ । छानबिन होस् ।”












प्रतिक्रिया दिनुहोस्