काठमाडौँ, असोज ९। प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गर्नुभएको छ ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोड्दै भन्नुभयो, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’
प्रधानमन्त्री शाहले पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धले देखाएको शान्तिको बाटोमा हिँड्न सकोस् भन्ने कामनासहित आफ्नो महासभा सम्बोधन टुंग्याउनुभएको हो ।












प्रतिक्रिया दिनुहोस्