गुल्मी, असोज १० । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको बहाव बढेपछि जोखिममा रहेका बस्ती खाली गराउन थालिएको छ ।
खोलाको बहाव बढ्दै गएपछि स्थानीयले घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । गएराति वडाध्यक्ष नवराज विकसहित स्थानीय युवाले जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए ।
स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको छ ।
खोलाको प्रभाव थप बढ्न सक्ने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्