काठमाडौं, साउन १० । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार संयुक्त राष्ट्र संघ ९यूएन० मा सम्बोधन गर्दै भारतलाई सिन्धु नदीको पानी रोक्ने धम्की नदिन चेतावनी दिएका छन्।
पानी रोक्ने कुनै पनि प्रयास युद्धको कार्य मानिने उल्लेख गर्दै उनले भारतलाई यस्तो गल्ती नगर्न सुझाव दिए।
सहबाजले भने, ‘पानीलाई कहिल्यै हतियार बनाउनु हुँदैन। नदीको उद्देश्य देशहरूलाई पानी उपलब्ध गराउनु हो, विभाजन गर्नु होइन।’
सधैँजस्तै पाकिस्तानले संयुक्त राष्ट्र संघमा फेरि कश्मीर मुद्दा पनि उठाएको छ। उसले संयुक्त राष्ट्र संघको नियमअनुसार यो समाधानका लागि आह्वान गरेको छ।
सहबाजले भने, ‘कश्मीर हाम्रा लागि घाँटीको नसा हो। भारतले यहाँका जनतामाथि अत्याचार गरिरहेको छ।’
सहबाजले सिन्धु जल सन्धिको मुद्दा पनि उठाए।
उनले भने, ‘गत वर्ष पाकिस्तानसँग द्वन्द्वपछि भारतले एकतर्फी रूपमा यो सन्धि निलम्बन गर्यो, जसको कुनै कानुनी आधार छैन।’
उनले संयुक्त राष्ट्र संघका विज्ञ र स्थायी मध्यस्थता अदालतले पनि यस विषयमा भारतको दाबी र कार्यलाई अस्वीकार गरेको दाबी गरे।
उनले, ‘यसले पाकिस्तानको अडानलाई पुष्टि गर्दछ।’












प्रतिक्रिया दिनुहोस्