जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २१:२४

प्रवासी नेपाली मञ्च ओसिनियाको अध्यक्षमा दाहाल, यस्तो छ प्रथम अधिवेशनबाट निर्वाचित टीम


काठमाडौं, असोज १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओसिनियाको अध्यक्षमा सन्तोष दाहाल निर्वाचित हुनुभएको छ ।

प्रथम अधिवेशनबाट दाहाल सर्वसम्मत रुपमा ओसिनिया कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।अधिवेशनले पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षमा होमनाथ निरौला, सचिवमा अशिम कोइराला, उपसचिवमा भावना नेपाल र सन्तोष श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा बालगोपाल उपाध्याय, अशोक केसी, राम घिमिरे, हेम खनाल, नरवीर नेम्वाङ, उत्तम अधिकारी, विशाल राना र नारायण चौलागाईं निर्वाचित हुनुभएको छ । अधिवेशनको उदघाटन नेकपा एमालेका महासचिव शंकर पोखरेल रहनुभएको थियो ।

सो क्रममा महासचिव पोखरेलले बिश्वभर नेपाल र नेकपा एमालेको बिरुद्धमा अफवाह फैलाउने र सहीलाई गलत तथा गलतलाई सही देखाउने काम रोक्न प्रवासमा रहेका नेपालीले जवर्जस्त भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।

अधिवेशनमा केन्द्रीय सदस्य तथा ओसिनिया इञ्चार्ज सञ्जय थापा, ओएनएफ अध्यक्ष रमेश पाण्डे, सचिव चानक पोखरेल र उपसचिव प्रभुराम थापालगायत अन्तराष्ट्रिय कमिटीका नेता सहभागी हुनुहुन्थ्यो ।