जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २१:२३

पछिल्लो विपद्मा परी ६ जनाको मृत्यु


काठमाडौं, असोज १० । अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्का घटनामा बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ ।

बाढी तथा पहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपद्मा परेका ४०७ जनालाई प्रहरीले उद्धार गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ ।