जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०७:२९

कालीगण्डकीको बाढीले मिर्मी–हर्मिचौर जोड्ने पुल बगायो


गुल्मी, असोज ११ । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।

मिर्मी ड्याम साइटभन्दा तल रहेको बेलिब्रिज टाइपको पुल कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा पानीको बहाव बढेपछि बाढीले बगाएको हो ।

नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगेको जानकारी दिनुभएको छ ।

गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार चारपांग्रे सवारीसाधन आवतजावत गर्ने उक्त पुल आइतबार बिहान करिब ६ बजेतिर बाढीले बगाएको हो ।

पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।