काठमाडौं, असोज ११ । अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरेमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार लगातारको वर्षाका कारण दुवै स्थानमा पहिरो खसेको हो । यस्तै, आज बिहान टिकाभैरवमा रुख ढलेपछि केही समय सडक अवरुद्ध भएको छ ।
कान्तिलोकपथअन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्