जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०८:५४

पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध  


काठमाडौं, असाेज ११ । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ७ः५५ बजेदेखि नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरोका कारण सडकमा यातायात सञ्चालन प्रभावित भएको छ। पहिरो हटाउन सडक डिभिजन भरतपुरले आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ।

कार्यालयका अनुसार पहिरो पन्छाउन केही समय लाग्ने अनुमान गरिएको छ। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा यातायात सञ्चालन सहज हुने छ।