जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०९:५७

२४ घण्टामा चितवनको माडीमा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा


काठमाडौं, असोज ११ । गएको २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा चितवन जिल्लाको माडी कल्यानपुर मौसम मापन केन्द्रमा भएको छ। उक्त केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसम मापन विवरणअनुसार मधेश प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यसैगरी कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ।

मौसममा आएको परिवर्तनका कारण विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढेको भन्दै सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।