हेटौंडा, असोज ११ । लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ ।
जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सकिने क्षमता रहेकोमा अहिले पानीको सतह १ हजार ५२६ दशमलव ११ मिटर पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले स्थानीयवासी तथा सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्