काठमाडौं, असोज ११ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमलुङ हिमालमा हिमपहिरो गएको हो । हिमपहिरोमा परेर १० जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको उहाँले बताउनुभएको छ ।
सम्पर्कविहीन भएकाहरू सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि यसबारे यकिन विवरण आइनसकेको उहाँले बताउनुभएको छ ।
उहाँका अनुसार घटनास्थलमा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । एकपटक उद्धार टोलीलाई हिमपहिरो गएको स्थानमा पुर्याइएको र थप उद्धारका लागि अर्को हेलिकप्टर पनि पठाउने तयारी भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार सम्पर्कविहीन भएका सबै जना अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमलुङ हिमाल गएका थिए ।












प्रतिक्रिया दिनुहोस्