काठमाडौं, असाेज ११। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राकृतिक विपद्को संकटका बेला प्रत्येक नागरिकको जीवन रक्षा गर्दै सुरक्षित महसुस गराउनु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ।
देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेका बेला प्रधानमन्त्री शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सरकार उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाका काममा सक्रिय रहेको बताउनुभएको हो।
प्रधानमन्त्री शाहका अनुसार केही दिनअघि मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरी हुन सक्ने पूर्वानुमान गरेपछि सरकारले सम्भावित विपद् व्यवस्थापनका लागि तत्काल तयारी अघि बढाएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्टको बैठकबाट निरन्तर सूचना सम्प्रेषण, रात्रिकालीन यातायात तथा विद्यालय बन्दलगायत सावधानीका निर्णय गरिएको र देशका ७७ वटै जिल्ला कमान्ड पोस्टलाई सक्रिय बनाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।
अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेका छन्। प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि प्राप्त विवरणअनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा गरी २१ जना नागरिकले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री शाहले ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपद्मा परी घाइते भएका पाँच जना नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार हालसम्म पाँच जना नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको छ। मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचनासमेत प्राप्त भएकाले त्यसबारे विवरण संकलन भइरहेको उहाँले बताउनुभएको छ।
बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गाउँदेखि सहरसम्म डुबानको समस्या देखिएको बताउनुभएको छ। सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायत दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारमा समेत क्षति पुगेको उहाँले जानकारी दिनुभएको छ।
प्रधानमन्त्री शाहले संकटको समयमा नागरिकको जीवन रक्षा र सुरक्षित महसुस गराउनु सरकारको पहिलो कर्तव्य भएको स्पष्ट पार्नुभएको छ।उहाँले भन्नुभएको छ, “यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो।”
प्रधानमन्त्री शाहका अनुसार बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षा निकाय अहोरात्र परिचालित छन्। बाढीपहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको तथा विभिन्न माध्यमबाट निरन्तर सूचना तथा सन्देश सम्प्रेषण भइरहेको उहाँले बताउनुभएको छ।
सरकारको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कन सकेको र विद्यार्थीहरूलाई समेत जोखिमबाट जोगाउन सकिएको प्रधानमन्त्री शाहको भनाइ छ। कुनै पनि नागरिक संकटमा पर्नेबित्तिकै उद्धारका लागि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको उहाँले बताउनुभएको छ।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनौँ सडक प्रभावित भएका छन्। भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रमा मर्मत गरिएका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको उहाँले बताउनुभएको छ। क्षतिग्रस्त सडकहरू द्रुत गतिमा मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
त्यसैगरी, बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको उहाँले जानकारी दिनुभएको छ। तीमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको उहाँले बताउनुभएको छ। विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्री शाहको भनाइ छ।
ठूला नदीहरूमा पानीको बहाव उच्च भएपछि केही स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ। त्यस्तै, सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेकाले विशेष सतर्कता अपनाइएको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उहाँले जानकारी दिनुभएको छ। हुरीसहितको वर्षाले किसानको धानबाली, तरकारीलगायत अन्य कृषि उपजमा समेत ठूलो क्षति पुर्याएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
प्रधानमन्त्री शाहले विपद्को जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै कुनै पनि संकटमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।
विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। “पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन। संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य छ,” उहाँले भन्नुभएको छ।
प्रधानमन्त्री शाहले धैर्य, संयम र एकताका साथ विपद्को सामना गर्न सबै नागरिकमा अपिल गर्दै “सुरक्षित रहौँ, सतर्क रहौँ” भन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्