मनाङ, असोज ११ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार हिमपहिरोमा परी हराएका दुई जनाको शव फेला परेको हो । अन्य बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।
हिम्लुङ हिमाल आरोहणका लागि गएका २४ जनामध्ये १४ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको मनाङ प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परेकाहरूको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण खोजी तथा उद्धार कार्यमा चुनौती देखिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्