जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०८:२८

बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ


बैतडी, असोज १२ । बैतडीमा चोरीको आरोपमा जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य बिनोद लुहार, वडा सदस्य महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार चारै जनालाई चोरीको घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।