जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०९:१२

ललितपुरमा साढे दुई तले घर ढल्यो


ललितपुर, १२ असोज । ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।

सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

घर जोखिममा रहेको भन्दै घरधनीलाई हिजै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा बनेको घर ढलेको प्रहरीले जनाएको छ ।