ललितपुर, असोज १२ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जनाइएको छ । उनले खतिवडाविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा व्यक्तिगत लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।
प्रहरीले पक्राउबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।
प्रसाईं यसअघि पनि विभिन्न साइबर कसुर तथा विवादास्पद अभिव्यक्तिसम्बन्धी घटनामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।












प्रतिक्रिया दिनुहोस्