काठमाडौं, असोज १२ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले मौसमले साथ दिए पर्सिसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित अस्थायी मार्ग निर्माण तथा पहिरो पन्छाउने काम अघि बढाएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित रोशी खोलामा आजदेखि तीनवटा स्काभेटर प्रयोग गरी अस्थायी ड्राइभर्सन निर्माणको काम सुरु गरिएको छ। चौकीडाँडातर्फबाट एउटा र कटुञ्जेतर्फबाट दुईवटा स्काभेटर परिचालन गरेर ड्राइभर्सन निर्माणको काम भइरहेको छ।
तर, उक्त क्षेत्रमा भिरसहित दुईवटा खोला, घुम्ती तथा उकालो–ओरालो रहेको जटिल भूबनोटका कारण सवारीसाधन सञ्चालनका लागि अस्थायी मार्ग तयार गर्न चुनौती रहेको छ।
बाढी र पहिरोका कारण बीपी राजमार्ग विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। चौकीडाँडास्थित रोशी खोलामा मात्रै २५० मिटरभन्दा बढी सडक बगाएको छ। सडकको ठूलो हिस्सा बगेपछि तत्कालका लागि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको हो।
त्यसैगरी, रोशी गाउँपालिका–७ घुमाउनेमा सडक कटान भएको छ भने सोही वडाको चारसयमा पहिरो गएको छ। रोशी गाउँपालिका–८ गिम्दिबेशीमा ढुंगा र लेदोसहितको पहिरोले सडकमा क्षति पुर्याएको छ।
रोशी गाउँपालिका–११ कालढुंगामा सडक कटान भएको छ भने पिप्लेमा पहिरो गएको छ। रोशी गाउँपालिका–१२ माम्तीमा पनि सडक कटान भएको छ।
विभिन्न स्थानमा सडक संरचनामै ठूलो क्षति पुगेका कारण राजमार्ग तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन चुनौती रहे पनि सडक डिभिजनले अस्थायी मार्ग बनाएर यातायात खुलाउने तयारी गरेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी इञ्जिनियर दीपक याकामीका अनुसार सडक बगेका स्थानमा डाइभर्सन निर्माण तथा पहिरो झरेका ठाउँमा ढुंगा–माटो पन्छाउने काम सुरु भइसकेको छ।
‘सडक बगाएका ठाउँमा डाइभर्सन बनाउने र पहिरो झरेका ठाउँमा ढुंगा–माटो पन्छाउने काम सुरु भइसकेको छ। मौसमले साथ दिएमा भोलि रातिसम्म सडक खुलाउने योजना छ,’ इञ्जिनियर याकामीले भन्नुभयो।
सडक खुलाउन तीनवटा स्काभेटरसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ। यद्यपि, लगातार वर्षा भएमा निर्माण कार्य प्रभावित हुन सक्ने भएकाले सडक सञ्चालनको समय मौसमको अवस्थामै निर्भर रहने जनाइएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले मौसमले साथ दिए पर्सिसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित अस्थायी मार्ग निर्माण तथा पहिरो पन्छाउने काम अघि बढाएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित रोशी खोलामा आजदेखि तीनवटा स्काभेटर प्रयोग गरी अस्थायी ड्राइभर्सन निर्माणको काम सुरु गरिएको छ। चौकीडाँडातर्फबाट एउटा र कटुञ्जेतर्फबाट दुईवटा स्काभेटर परिचालन गरेर ड्राइभर्सन निर्माणको काम भइरहेको छ।
तर, उक्त क्षेत्रमा भिरसहित दुईवटा खोला, घुम्ती तथा उकालो–ओरालो रहेको जटिल भूबनोटका कारण सवारीसाधन सञ्चालनका लागि अस्थायी मार्ग तयार गर्न चुनौती रहेको छ।
बाढी र पहिरोका कारण बीपी राजमार्ग विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। चौकीडाँडास्थित रोशी खोलामा मात्रै २५० मिटरभन्दा बढी सडक बगाएको छ। सडकको ठूलो हिस्सा बगेपछि तत्कालका लागि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको हो।
त्यसैगरी, रोशी गाउँपालिका–७ घुमाउनेमा सडक कटान भएको छ भने सोही वडाको चारसयमा पहिरो गएको छ। रोशी गाउँपालिका–८ गिम्दिबेशीमा ढुंगा र लेदोसहितको पहिरोले सडकमा क्षति पुर्याएको छ।
रोशी गाउँपालिका–११ कालढुंगामा सडक कटान भएको छ भने पिप्लेमा पहिरो गएको छ। रोशी गाउँपालिका–१२ माम्तीमा पनि सडक कटान भएको छ।
विभिन्न स्थानमा सडक संरचनामै ठूलो क्षति पुगेका कारण राजमार्ग तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन चुनौती रहे पनि सडक डिभिजनले अस्थायी मार्ग बनाएर यातायात खुलाउने तयारी गरेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी इञ्जिनियर दीपक याकामीका अनुसार सडक बगेका स्थानमा डाइभर्सन निर्माण तथा पहिरो झरेका ठाउँमा ढुंगा–माटो पन्छाउने काम सुरु भइसकेको छ। ‘सडक बगाएका ठाउँमा डाइभर्सन बनाउने र पहिरो झरेका ठाउँमा ढुंगा–माटो पन्छाउने काम सुरु भइसकेको छ। मौसमले साथ दिएमा भोलि रातिसम्म सडक खुलाउने योजना छ,’ इञ्जिनियर याकामीले भन्नुभयो।
सडक खुलाउन स्काभेटरसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ। यद्यपि, लगातार वर्षा भएमा निर्माण कार्य प्रभावित हुन सक्ने भएकाले सडक सञ्चालनको समय मौसमको अवस्थामै निर्भर रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्