जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार १९:५४

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौं, असोज १२। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रसाईंलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उहाँकै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उहाँलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

प्रहरीका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। अदालतको अनुमतिपछि प्रहरीले उहाँलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउने भएको छ।