चितवन, असोज १२ । बाढीले बगाएर नारायणी पुलमुनि अड्किएको ‘राइनो क्रुज’ आज निकाल्न सकिएको छैन ।
क्रुज निकाल्न दुईवटा क्रेन प्रयोग गरिए पनि करिब चार मिटर मात्रै सार्न सकिएको चितवन प्रशासनले जनाएको छ । पर्याप्त रूपमा निकाल्न नसकिएपछि सोमबारको प्रयास स्थगित गरिएको हो ।
प्रशासनका अनुसार क्रुज निकाल्ने काम मंगलबार बिहानैदेखि पुनः सुरु गरिनेछ ।
आइतबार आएको बाढीले क्रुज बगाएर नारायणी पुलको संरचनामा अड्काएको थियो । समयमै उद्धार तथा व्यवस्थापनको प्रयास गरिएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रशासनले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्