काठमाडौं, असोज १३ । जापानमा जारी २०औँ एशियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार बिहान नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल तय भए पनि वर्षाका कारण टससमेत हुन सकेन ।
खेल हुन नसकेपछि उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भने क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँगको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो ।
यसअघि सोमबार तय भएका भारत–अफगानिस्तान तथा पाकिस्तान–हङकङबीचका क्वाटरफाइनल खेल पनि वर्षाका कारण हुन सकेका थिए । ती खेलमा पनि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्