जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार ०७:३२

देशभर मौसममा सुधार, आजदेखि तराईमा गर्मी बढ्ने


काठमाडौं, असोज १३ । लगातारको झरी रोकिएसँगै देशभर मौसममा सुधार आएको छ । गएको बुधबारदेखि परेको वर्षा आइतबार रातिदेखि रोकिएपछि अधिकांश क्षेत्रमा मौसम खुलेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा छिटफुट वर्षाबाहेक ठूलो पानी परेको छैन । पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा अस्ति बेलुकीदेखि रोकिएको थियो भने पूर्वमा अस्ति बिहान र मध्य भागमा दिउँसोदेखि वर्षा रोकिएको थियो ।

महाशाखाले तत्काल ठूलो तथा लगातार वर्षा हुने सम्भावना नरहेको जनाएको छ । वर्षा रोकिएसँगै बिहान र बेलुका चिसो भए पनि दिउँसो भने गर्मी बढ्न थालेको छ ।

महाशाखाका अनुसार मंगलबारदेखि तराईका अधिकांश क्षेत्रमा तापक्रम बढ्नेछ । हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।