काठमाडौं, असोज १३ । पाँच दिनदेखि अवरुद्ध रहेको बीपी राजमार्ग आज पनि सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीले क्षति पुर्याएका विभिन्न स्थानमा डाइभर्सन निर्माणको काम करिब सम्पन्न भए पनि चौकीडाँडामा भने अझै काम बाँकी रहेको छ।
चौकीडाँडामा हालसम्म करिब ५० मिटर डाइभर्सन निर्माण गरिएको छ। त्यहाँ अझै २०० मिटरभन्दा बढी डाइभर्सन निर्माण गर्न बाँकी रहेको जनाइएको छ।
राजमार्ग सञ्चालनमा ल्याउने उद्देश्यले आज पनि डाइभर्सन निर्माणको काम जारी राखिएको छ। निर्माण कार्य आज रातिसम्म सम्पन्न भएमा भोलिदेखि बीपी राजमार्ग सञ्चालनमा आउने सम्भावना रहेको बताइएको छ।
बीपी राजमार्ग बन्द हुँदा सो मार्ग हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन रोकिएका छन् । सो सडक राेकिएपछि यातायात साधनहरू अरनिको राजमार्ग हुँदै दाेलखा घुमेर रामेछापबाट खुर्काेट निस्किएर चलिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्