जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार १३:१७

प्रहरीको स्वीप अपरेशन, काठमाडौंबाट १५१ जना पक्राउ


काठमाडौं, असोज १३ । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा २४ घण्टामा १५१ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १४१ पुरुष र १० महिला छन्। ‘सुरक्षित काठमाडौं’ अवधारणाअनुसार स्वीप अपरेशन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात तथा हुलहुज्जत गर्ने, चोरी तथा लुटपाटमा संलग्न, बिचौलिया र गुण्डागर्दीको पृष्ठभूमि भएका व्यक्ति छन्।

प्रहरीले काठमाडौंमा शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिएको जनाएको छ।