काठमाडौं, असोज १४ । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथमा अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। मकवानपुरतर्फको सडकमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ललितपुरतर्फ बागमती गाउँपालिका–३, ताकुर्चेमा मंगलबार सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। भट्टेडाँडा नजिकै खसेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
अस्थायी ट्राफिक पोस्ट भट्टेडाँडाका अनुसार सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका हेटौँडा–कुलेखानी–सिस्नेरी र फाखेल सडक भने सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन्।












प्रतिक्रिया दिनुहोस्