काठमाडौं, असोज १४ । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट सुनार केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।
काठमाडौं–५ बाट महाधिवेशनमा प्रतिनिधिमा प्रतिस्पर्धा गर्नुभएकी सुनार पराजित हुनुभएको निर्वाचन समितिले जनाएको छ । सुनारले दलित क्लष्टरबाट प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्नुभएको थियो ।
कांग्रेसले यही असोज १८ गतेबाट काठमाडौंमा १५ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोटको कार्य जारी छ । अधिकांश स्थानबाट प्रतिनिधि चयन भइसकेका छन् ।












प्रतिक्रिया दिनुहोस्