जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०७:२२

पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना, अन्यत्र मौसम सफा रहने


काठमाडौं, असोज १५ । आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाडका थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका अन्य धेरैजसो स्थानमा भने मौसम मुख्यतः सफा रहनेछ।