जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार ०९:४९

घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै ओलीले भने– ‘जेलयातना र बलिदानको योगदान सधैँ अविस्मरणीय रहनेछ’


काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

अध्यक्ष ओलीले बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ अविस्मरणीय रहने बताउनुभएको छ।

बस्नेतले आन्दोलनका क्रममा भोग्नुभएको कडा जेलयातना तथा गर्नुभएको बलिदान नेपालको राजनीतिक आन्दोलनको इतिहासमा महत्वपूर्ण रहेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ। 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत पनि बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदानलाई स्मरण गर्नुभएको छ। उहाँले बस्नेतको निधनबाट आफू दुःखी भएको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।

‘झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली ! नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा उहाँको कडा जेलयातना र बलिदानको योगदान सधैँ अविस्मरणीय रहनेछ,’ अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ।

उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।