काठमाडौं, असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन २०८३ वैशाखमा सुरु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्