काठमाडौं, असोज १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनेर वर्गीकरण गरेको प्रसंगमा आफू पनि ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आफू औसत क्षमताको इन्जिनियर भएकाले विभिन्न विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू आफूलाई ‘एक्स्ट्रा अर्डिनरी’ लाग्ने बताउनुभयो ।
‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु,’ उहाँले भन्नुभयो ।
यसअघि प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा सांसदहरूलाई अभिव्यक्ति र विज्ञताका आधारमा विभिन्न समूहमा वर्गीकरण गर्दै इन्जिनियर सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ समूहमा राख्नुभएको थियो । उहाँले इन्जिनियर सांसदहरूलाई देश विकासका लागि नयाँ विचार र सिर्जनात्मक योजना प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो ।
आचार्य प्रतिनिधिसभा सदस्य तथा रास्वपाका महामन्त्री हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्