तनहुँ, असोज १५ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा दलित कोटातर्फ उम्मेदवार बन्नुभएका परियार पराजीत हुनुभएको हो । सचेतक परियारसँग चुनावी मैदानमा उत्रनुभएका अमृतबहादुर नेपालीले महाधिवेशन प्रतिनिधिमा जीत हासिल गर्नुभएको छ ।
चुनावमा नेपाली र परियारसँगै कृष्ण सुनार र रामकृष्ण विक पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । परियारलाई वैशाख २९ गते राष्ट्रिय सभा प्रमुख सचेतक मनोनीत गरिएको थियो।
कांग्रेसमा जुनसुकै तहका नेता पनि वडादेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ।












प्रतिक्रिया दिनुहोस्