काठमाडौं, असोज १५ । प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र ब्यवहारप्रति सत्तारुढ दल रास्वपाका महामन्त्री बिपिन आचार्यले नै कडा असन्तुष्ट जनाउनु भएको छ ।
महामन्त्री आचार्यले सार्वजनिक रुपमै प्रधानमन्त्री बालेनमाथि काउन्टर गर्दै आफ्नो कडा असन्तुष्टि बाहिर ल्याउनु भएको हो ।प्रधानमन्त्री शाहले बुधवार रास्वपाका इन्जिनियर सांसदहरुसँग अन्तरक्रिया गर्दा आफ्नो बिरोध गरेको भन्दै रास्वपा महामन्त्री आचार्यलाई नै छुटाउनु भएको थियो ।
प्रधानमन्त्री शाहले रास्वपामा तीन तहको सांसद बर्गिकरण गरी पहिलो समुहमा आफ्ना, दोस्रोमा मध्यमार्गी र तेस्रोमा आफूबिरोधी भनेर कित्ताकाट गर्नुभएको थियो । यही बर्गिकरणका आधारमा प्रधानमन्त्री शाहले बुधवार रास्वपाका संसदमा प्रतिनिधित्व गर्ने इन्जिनियरहरुसँग अन्तरक्रिया गरेका थिए । तर उक्त अन्तरक्रियामा रास्वपा महामन्त्रीसमेत रहेका सांसदसमेत रहनुभएका महामन्त्री आचार्यलाई बोलाइएन ।
रास्वपाको संसदीय दलभित्र इन्जिनियरहरु धेरै छन । महामन्त्री आचार्य पनि इन्जिनियर नै हुनुहुन्छ । यस्तै उहाँ पार्टी सभापति रवि लामिछानेका विश्वासपत्र पनि मानिनुहुन्छ । बायोटेक इन्जिनियर आचार्यलाई लाई प्रधानमन्त्री शाहले बोलाउन नमिल्ने सूचीमा राखेर निम्तो नपठाएको बताइएको छ ।
सो बैठकमा प्रधानमन्त्री शाहले इन्जिनियर सांसदहरुलाई ‘एक्स्ट्राअर्डिनरी’ (असाधारण) भन्ने उपमा भिराउनु भएको थियो । आफू पनि इन्जिनियर रहेको भन्दै सांसदलाई तान्न र फकाउन प्रधानमन्त्री शाहले संसदहरुलाई तीन वर्गमा छुट्याएर पहिलो एभरेज (औसत), दोस्रो बिलो एभरेज (औसतभन्दा तल) र तेस्रो एक्स्ट्रा अर्डिनरी (असाधारण) भन्नुभएको थियो ।
प्रधानमन्त्री बालेनको यो काम योजनावद्धरुपमा बिभाजन ल्याउने खेलका रुपमा बुझेर महामन्त्री आचार्यले पार्टीको तर्फबाट जवाफ फर्काउनु भएको रास्वपा संस्थापन स्रोतले जनाएको छ । महामन्त्री आचार्यले नै यसमाथि कटाक्ष गर्दै आफू एउटा औसत क्षमताको इन्जिनियर भएको बताउनु भयो ।
आचार्यले बुधवार संसद बैठकमा आफ्नो सम्बोधनको सुरुमा प्रधानमन्त्री शाहलाई व्यङ्ग्य कसेर सिधै दनक दिनुभयो । ‘सम्माननीय सभामुख महोदय, म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरु ‘एक्स्ट्रा अर्डिनरी’ लाग्छन् । म पनि एक्स्ट्रा अर्डिनरी बन्ने इमानदार कोशिष गर्दै छु,’ आचार्यले भन्नुभयो ।












प्रतिक्रिया दिनुहोस्