काठमाडौं, असोज १५ । मनाङको हिम्लुङ हिमालमा गएको हिउँपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।
बेपत्ता भएकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले जनाएको छ । बिहान चार जनाको शव भेटिएकोमा दिउँसो थप चार जनाको शव फेला परेको हो ।
यसअघि बुधबारसम्म सात जनाको शव भेटिएको थियो । थप आठ जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १५ पुगेको हो । घटनामा एक जना अझै बेपत्ता छन् ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालको आधार शिविरमा असोज ११ गते आइतबार बिहान हिउँपहिरो गएको थियो । बेपत्ताको खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्ष उद्धार टोली परिचालन गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्