काठमाडौं, असोज १६ । नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदैछन्। शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउने कार्यक्रम छ।
असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधानअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीत हुनेमा पार्टीभित्रका नेतासँगै अन्य राजनीतिक दलबाट एमालेमा समायोजन भएका १३ जना पनि छन्।
मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालगायत छन्।
अन्य दलबाट समायोजन भएका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अन्सारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट पनि मनोनीत केन्द्रीय सदस्यमा छन्।
यसै बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।












प्रतिक्रिया दिनुहोस्