कपिलवस्तु, असोज १६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा काठमाडौं हुँदै बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस र ना.६ ख ३३३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
प्रहरीका अनुसार ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.२ ख २४७१ नम्बरको टिपरलाई उछिन्ने क्रममा बससँग ठोक्किएको थियो।
दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रितेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते ११ यात्रुको उपचार भइरहेको छ। घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्