काठमाडौं, असोज १६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुने भएको छ ।
कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा सहभागी हुने जानकारी गराउनुभएको छ । रास्वपाले गत असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजना गरेको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा पनि सहभागी हुनुभएको थियो ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि कांग्रेसको महाधिवेशनमा सहभागी हुनुहुने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कांग्रेस महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तयारीमा हुनुहुन्छ । उहाँको सचिवालयले ओली महाधिवेशनमा सहभागी हुने जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा सहभागी हुने सम्भावना रहेको बताइएको छ । यद्यपि, उहाँलाई निमन्त्रणा पुगेको विषयमा भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका महासचिव आरेन राई भने महाधिवेशनमा सहभागी हुनुहुने भएको छ ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म आयोजना गर्दैछ ।
यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने मंसिरमा महाधिवेशन गर्ने गरी समानान्तर गतिविधि अघि बढाएको छ । देउवा पक्षले अहिले वडा अधिवेशन गरिरहेको छ ।
कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा पक्षले दशैँअघि नै वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।












प्रतिक्रिया दिनुहोस्