काठमाडौं, असोज १६ । नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शुक्रबार च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय समिति बैठकले उहाँहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
शपथ लिनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला र शान्तिलाल महत हुनुहुन्छ ।
यस्तै, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव बिष्टले पनि शपथ लिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्