काठमाडौं, असोज १७ । भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ। माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने मौसमविद् विनोद पोखरेलले बताउनुभएको छ।
उहाँका अनुसार वर्षा देशभर एकैपटक वा दिनभर लगातार नभई मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म सक्रिय हुने सम्भावना बढी छ।
आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि आइतबारदेखि मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा वर्षा फैलिने देखिएको छ।
यी दुई दिन केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरिएको छ।
त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने संकेत देखिएको मौसमविद् पोखरेलले बताउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्