काठमाडौं, असोज १७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गर्नुभएको छ।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गर्नुभएको हो।
अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्लेले असोज १९ र २० गते विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी र निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्नुहुनेछ।
भेटवार्तामा द्विपक्षीय सहायता अभिवृद्धि, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ।
यस्तै, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि मन्त्री वाग्लेले विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ।












प्रतिक्रिया दिनुहोस्