काठमाडौं, असोज १७ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकअघिसम्मका सवै पार्टीबिरोधी कामलाई आममाफी दिएको छ ।
बिगतमा भएका गल्ती र कमजोरीका आधारमा कार्वाही गरेर पार्टी नबन्ने निश्कर्षका साथ एमालेले बिगतका अपराधलाई आममाफी र अव कडा अनुशासनको नीति अख्तियार गरेको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक यही असोज ५ देखि ८ गतेसम्म ललितपुरमा सम्पन्न भएको थियो । सो बैठकले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चलाइएको ‘पार्टी पुनर्गठन’ को हतियारलाई आगोमा जलाएर खरानी बनाउँदै एकतावद्ध एमाले बन्ने अठोट गरेको नेताहरूले नै बताएका छन ।
बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले नै बिगतमा सवै बदमासीलाई छुट दिइएको भन्दै अव भने अनुशासनलाई कडाईका साथ लागू गर्ने र कसैलाई छुट नदिने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकले यसअघिका सवै घटनालाई ‘कट अफ डेट’ मानेर अघि बढने निर्णय बिपरित जानेमाथि अव कार्वाही हुने बताइसक्नु भएको छ ।
गत फागुन २१ मा भएको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने नेताहरूको पङ्ती धेरै भएपछि एमालेले यस्तो नीति लिएको बताइएको छ । एमालेले बैठकअघिका अनुशासनहीन कामलाई आममाफी दिएको कारण बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चुनावका बागी उम्मेद्वार देवराज रोका (कल्याण) लाई नियुक्त गरिएको छ ।
रोका गत फागुन २१ को निर्वाचनमा उदयपुर–१ बाट पार्टीमा बिद्रोह गर्दै स्वतन्त्र उम्मेद्वार बन्नुभएको थियो । मुढा चुनाव चिन्ह लिएर उम्मेद्वार बन्नुभएका रोकाले जम्मा ८३ मत ल्याउनु भएको थियो ।
खोटाङ र उदयपुर निवासी रोका कोशी प्रदेशका स्थायी बासिन्दा रहेपनि बागमतीको उपाध्यक्ष बनाइएको हो । रोका पार्टीकै सिफारिशमा चीनमा पढेर फर्कनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्