काठमाडौं, असोज १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने भएको छ।
शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता जगदीश खरेलले असोज २० गतेदेखि अभियान सञ्चालन गरिने जानकारी दिनुभएको छ।
उहाँका अनुसार संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। रास्वपाले जिम्मेवारी तोकिएका जिल्लासहितको विस्तृत कार्यतालिकासमेत तयार गरेको छ।












प्रतिक्रिया दिनुहोस्