जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:१०

बागलुङको गलकोटमा प्राकृतिक विपत्तिबाट ६३ घरमा क्षति


बागलुङ, असोज १८ । बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीले ६३ घरमा क्षति पुगेको छ।

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो। त्यसैगरी थप १३३ घरमा आंशिक क्षति पुगेको छ।

हुरीका कारण ३९ घरमा पूर्ण र ५२ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण पक्की सिँचाइतर्फ २१ संरचनामा ठूलो र २४ संरचनामा सामान्य क्षति पुगेको छ। यस्तै, कच्ची सिँचाइतर्फ २०३ संरचनामा समेत नोक्सानी भएको नगरपालिकाले जनाएको छ।