काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्च आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तय गरिएको हो।
उहाँका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत केही सवारीसाधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्