जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १०:१८

कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पूर्वमन्त्री समेत रहनुभएकी नेतृ गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।

१४औं महाधिवेशनपछि शेरबहादुर देउवा समूहमा रहनुभएकी गुरुङ केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गर्नुभएको थियो । देउवा समुहले दिएको जिम्मेवारी अस्वीकार गरी संस्थापनतिर लाग्नुभएकी गुरुङले समावेसिता र बलियो कांग्रेसको नारासहित उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि रहेका छन ।