जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १०:३८

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिंदै गगनका बिश्वासपात्र अजयबाबु


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुला मञ्चमा हुँदैछ। महाधिवेशनमा कुल ७ हजार २८ जना प्रतिनिधि सहभागी हुँदैछन्। वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्य रहनुभएका शिवाकोटीले महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनु भयो ।

कांग्रेस सभापति गगन थापाका बिश्वासपात्रका रुपमा परिचित शिवाकोटी कांग्रेसको १४औं महाधिवेशनमासमेत निर्वाचन प्रक्रियामार्फत लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । विषेश महाधिवेशनमार्फत पनि उहाँ केन्द्रीय सदस्य चुनिनुभएको थियो ।

१४औं महाधिवेशनमा निर्वाचित भएपछि उहाँले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख भएर काम गर्नुभएको छ । शिवाकोटी कांग्रेसको सक्रिय राजनीतिमा आउनुअघि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य, महासचिव हुँदै कांग्रेसको मुलधारको राजनीतिमा भित्रिएका शिवाकोटी गत प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट कांग्रेस उम्मेदवार बन्नुभएको थियो । शिवाकोटी राजनीतिको सुरुवातदेखि नै कांग्रैस सभापति गगन थापाका निकट रहेर काम गर्नुभएको थियो ।