जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १०:४६

कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारले गरे उम्मेदवारी घोषणा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सत्तारले पत्रकार सम्मेलन गरी १५ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सत्तारले आफू सहमहामन्त्री (मुस्लिम कलस्टरतर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन। कांग्रेसको १५औं महाधिवेशन आजदेखि असोज २२ गतेसम्म काठमाडौंमा हुँदैछ ।

१५ वर्षसम्म कांग्रेस भ्रातृ संस्था नेपाल मुस्लिम संघको नेतृत्वमा रहेर काम गर्नुभएका सत्तार कांग्रेसका इमान्दार र त्यागी नेतामध्यमा पर्नुहुन्छ । उहाँ १२ औं महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति सदस्य हुुहुन्छ।

सत्तार २०७८ मा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । गत पुसमा भएको विशेष महाधिवेशनबाट पनि उहा केन्द्रीय सदस्य हुनुभएको हो ।

‘मैले लामो समयदेखि भ्रातृ संस्था र पार्टीमा रहेर काम गर्दै आएको छु, नेतृत्वसँगको सरसल्लाहकै आधारमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ सत्तारले भन्नुभयो, ‘महाधिवेशनमा प्यानल नबनाउने कुरा भएको छ, प्रतिस्पर्धा हुन्छ।’ गोरखाका स्थायी वासिन्दा सत्तार कांग्रेसमा अवसर नपाउनेमध्येका नेता हुनुहुन्छ ।