जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ११:०९

कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने, महासचिव शंकर जाने


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेबाट महासचिव शंकर पोखरेल जानुहुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली जाने भनिएकोमा उहाँले आफ्नो साटो महासचिव शंकरलाई पठाउने निर्णय लिनुभएको हो । एमाले केन्द्रीय सदस्य तथा अध्यक्ष ओलीका सचिवालय प्रमुख निरुदेवी पालले महासचिव जाने निर्णय भएको जानकारी दिनुभयो ।

कांग्रेसको १५औं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनमा उपस्थित भएर शुभकामना दिन कांग्रेस सभापति गगन थापाले पत्र पठाउनु भएको थियो । सो पत्रअनुसार एमालेबाट महासचिव पोखरेल सहभागी हुन लाग्नुभएको हो ।