जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १२:४६

कांग्रेस महाधिवेशमा देखिने छैनन ओली–देउवा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दुई प्रमुख नेता नदेखिने भएका छन् ।

आजबाट सुरु हुन लागेको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नजाने हुनुभएको हो ।

कांग्रेसले देउवालाई प्रमुख अतिथिको निम्तो पठाएको थियो । शनिबार राति कोही नभएको घरमा निम्तो छाडिएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले आपत्ति जनाउनु भयो ।

देउवा महाधिवेशनमा नजाने संस्थापनइतर पक्षको केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए । ‘देउवा महाधिवेशनमा नजाने निश्चित नै हो । कुनै शंका छैन,’ उहाँले भन्नुभयो ।

त्यस्तै, कांग्रेसले एमालेका अध्यक्ष ओलीलाई प्रमुख अतिथिको निम्तो पठाएको छ । ओली महाधिवेशनमा सहभागी नहुने एमाले प्रचार विभागले जनाएको छ । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने निर्णय भएको छ ।