जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १३:०१

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारोवार दर


काठमाडौं, असोज १८ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ८ सय र एक तोला चाँदी चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।